१५ फाल्गुन २०७२, शनिबार

दुई स्कुले बालकको हत्या लगायतका घटना भएको अभियोग लागेका रंगौ भन्ने रिजवान साई पक्राउ परेका छन् ।

साविक ईन्द्रपुर-३ ईन्दरपुर गाउँ र हाल नेपालगन्ज-२३ का रंगौ भन्ने रिजवानलाई नेपालगन्ज-२० पिप्रहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

2222

साईमाथि २०६७ असोज १४ गते नेपालगन्ज-१५ का दुई स्कुले बालक कपिल द्वुवेदी र लिलाधर भट्टको अपहरण गरी फिरौती लिएर हत्या गरेको अभियोग छ ।

बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार अभियुक्त साई माथि २०६९ असार २६ गते नेपालगन्ज-१० का २२ वर्षीय मुन्नु भन्ने मो.आमिर अन्सारीको अपहरण गरी ९लाख फिरौती लिएर बेपत्ता बनाउने कार्यमा संलग्न छन् ।

अभियुक्त साईकै अगुवाईमा नेपालगन्ज-१ का महेन्द्र शाहीलाई २०७० बैशाख ३ गते अपहरण गरी १० दिनसम्म बन्धक बनाएको अभियोग छ, शाहीको प्रहरीले उद्दार गरेको थियो ।

अभियुक्त साई सीमावर्ती भारतको रुपैडिहा बजारमा आफ्ना विभिन्न सहयोगीलाई परिचालन गरी त्यहीबाट अपहरण र चन्दा असुली गर्दै आएका थिए ।

उनी लागू औषध चरेशको कारोबारमा भारतमा ३ वर्ष कारागार सजाए पाएर छुटेका हुन् । प्रहरी उपरीक्षक राईले अभियुक्त साईलाई अपहरण तथा हत्याका छुट्टाछुट्टै ३ मुद्दा र एक मुद्दा अपहरणको गरी ४ मुद्दा अदालतमा नै विचाराधिन अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV