१५ फाल्गुन २०७२, शनिबार

परीबर्तित समय अनुसार गित संगितहरु त परीबर्तन हुदै छन नै ।गित संगितहरुलाइ प्रस्तुत गरीने माध्यम हरु पनि परीबर्तन हुदैछन ।पहीला गित लाइ क्यासेट र सिडि ,भिसिडि र डिभिडिमा सुनिन्थे भने आजकल यु ट्युब लगायत सोसल मिडिया बाट गित संगितका अडियो र भिडियो रीलिज गर्ने प्रचलन बड्दै गएको छ ।सब्सक्रइभ र लाइक धेरै पाएका पुराना स्था कम्पनी बाट त्यसता सृजनात्मक उत्पादन हरु रीलिज गर्दा धेरै दर्शक र श्रोता माझ पुग्ने हुदा ति कम्पनीका यु ट्युब च्यानल हरु सर्जकको रोजाइमा पर्ने गरेका छन ।म्युजिक र फिल्म इन्डष्ट्रीमा नाम चलेका केही कम्पनी हरुले यस्ता सामाग्रि रीलिज गरे बापत गुगल संग राम्रो आम्दानी लिए पनि कलाकार लाइ भने पाउनु पर्ने उचित प्रतिफल नदीने गरेको खुलासा संगितकार अर्जुन पोखरेलले गरेका छन ।

arjun

सि डि र भिसिडि बिक्न छोडेको बर्तमान समयमा आम्दानीको राम्रो बिकल्प हुन सक्ने यु ट्युब राइटको आम्दानी न्यायोचित गर्न सकेको खण्डमा यसले समग्र संगित क्षेत्रलाइनै माथि उठाउने संगितकार अर्जुन पोखरेलको भनाइ छ ।अहीले सर्जकले पाउनु पर्ने सम्पत्ती माथिको आर्थिक अधिकार हिस्सा बितरण नगरेर आर्जन गरेको सम्पत्ती बाट आम्दानी बडाउने त्यस्ता कम्पनीहरुको भलो नहुने उनको भनाइ छ ।

न्युज ट्वान्टीफोर टेलिभिजनको ६ प्रस्न कार्यव्रmममा उनले आयको असमान बितरणको जानकारी सार्बजनिक गरेका हुन ।सृजनाको बास्तबिक हकवाला सर्जक आर्थिक अभाबमा छट्पटाइ रहेको बर्तमान समयमा बौद्धीक सम्पत्ती रीलिजको लागि ब्यबस्थापन बापत आम्दानीको ठुलो हीस्सा माथि अधिकार जमाउनु बास्तबमै न्याय चित नभएको भनाइ सर्जक हरुको रहदै आएको छ ।यसको लागि सबै गित,संगित,फिल्म लगायत बौधिक सम्पत्ती संग सरोकार राख्ने संघ संस्था लगायत कलाकारहरु पनि सचेत हुनु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV