यस साता नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । एक साताको बीचमा बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो साताको शुक्रबार ५५ हजार ५ सय रुपैयाँ रहेको सुन यो शुक्रबार ५६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शनिबार पनि यही मूल्यमा कारोबार भएको छ । गत आइतबार र सोमबार सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँमा स्थिर थियो । तर, मंगलबार २ सय रुपैयाँले महँगो भएकोसुन बुधबार थप ३ सयले महंगिएर ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार स्थिर रहेको सुन शुक्रबार एकैपटक ५ सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँ पुग्यो । यसरी एक साताकै बीचमा सुन तोलाको १ हजार रुपैयाँले बढ्दा उपभोक्ताहरु प्रभावित भएका छन् । सुन अहिले झण्डै दुईवर्ष यताकै महंगो विन्दुमा पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको माग बढेकाले मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै अहिले बजारमा सुनको माग भने घटेको छ ।
कच्चा तेलको मूल्य घटेको र अमेरिकी डलर बलियो भएकाले सुनमा लगानी गर्नेहरु बढेका छन् । अमेरिकी डलरको तुलनामा भारतीय र नेपाली रुपैयाँ कमजोर भएकाले पनि सुन बजारमा मूल्य उकालो लागेको हो ।