
काठमाडौँ,साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव ६ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ८३ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव २९ अंकले बढेर २ सय ७७ दशमलव ५१ अंकमा आईपुगेको हो । यस साता कारोबार रकम ११ दशमलव ७३ प्रतिशतले बढेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जका १३८ वटा कम्पनीहरुको ८० लाख १० हजार २ सय ४० कित्ता शेयर ११ हजार ६ सय ९६ पटक किनबेच हुँदा २ अर्ब ८३ करोड १५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता १३६ वटा कम्पनीहरुको ८४ लाख ७० हजार ७ सय ५० कित्ता शेयर १२ हजार ५ सय ३१ पटक किनबेच हुँदा २ अर्ब ५३ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सातामा कारोबार रकमको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट अग्रस्थानमा रहेको छ जसको २३ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापकको २२ करोड ५ लाख ८० हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १६ करोड ७५ लाख ५० हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको १६ करोड ५८ लाख १० हजार रुपैयाँ र सानिमा बैंकको १४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम अग्रस्थानमा रहेको छ जसको १५ लाख १२ हजार कित्ता शेयर खरिद बिक्रि भएका छन् भने कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैँक अग्रस्थानमा रहेको छ जसको ७ सय ४५ पटक शेयर कारोबार भएको छ । ३ वटा कम्पनीका बोनस र हकप्रद शेयर नेप्सेमा कारोबारका लागि सुचिकृत भएका छन् । आइसीएफसी फाइनान्सको २१ लाख ३४ हजार ८ सय ४५ कित्ता हकप्रद शेयर, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७५ हजार कित्ता बोनस शेयर र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको १२ लाख १५ हजार ९७ कित्ता साधारण शेयर खरिद बिक्रिका लागि नेप्सेमा सुचिकृत भएका छन् ।