१५ फाल्गुन २०७२, शनिबार

केटा होस् वा केटी जसलाई पनि गुलावी ओठ मनपर्छ । गुलावी ओठले मुहारमा निखारपन ल्याउनुका साथै सुन्दरता बनाउन मद्दत गर्दछ ।

आकर्षक चेहरा बनाउन र अहिलेको भन्दा बढी सुन्दर बनाउन तपाईंलाई मन लागेको छ भने तपाईंको ओठलाई गुलावी बनाउनुहोस् ।

Gulabi-oth

कालो ओठलाई गुलावी बनाउने तपाईंको चाहना भए अपनाउनुहोस् यी पाँच तरिका:

१) घ्यूमा नुन मिलाएर राति सुत्नुभन्दा अगाडि लगाउनुहोस् । कालो ओठ विस्तारै गुलावी बन्नेछ ।

२) चुकन्दरको टुक्रालाई तपाईंको ओठमा दल्नुहोस् । करिब एक घण्टा त्यसलाई त्यत्तिकै छोडिदिनुहोस् । अब यसलाई सफा गर्नुहोस तपाईंको ओठ गुलावी देखिने छ ।

३) कागतीको रसलाई महमा मिलाएर फ्रिजमा राख्नुहोस । राति सुत्नेबेलामा फ्रिजमा रहेको लेपलाई ओठमा लगाउनुहोस् । विस्तारै तपाईंको ओठ गुलावी हुने छ ।

४) गुलावका पत्तीहरुलाई मसिनोगरी पिसेर त्यसलाई ओठमा लगाउनुहोस् । केही समय राखेर सफा गर्नुहोस । अब तपाईंको ओठ गुलावी हुनेछ ।

५) नौनी घ्यूलाई थोरै अलैंचीको पाउडर मिलाएर ओठमा लगाउनुहोस । केहिसमयपछि सफा गर्नुहोस् । यो प्रक्रिया सात दिनसम्म गर्नुभयो भने तपाईंको ओठ गुलावी हुनेछ ।

 

LIVE TV