१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,संघीयता आफैंमा समस्या समाधान गर्ने कुनै अस्त्र नभएको भन्दै एक जर्मन विज्ञले यसको व्यवस्थापनमा विशेष चनाखो हुन सुझाव दिएका छन् । नेपालको राजनीतिक परिदृश्यमा संघीयताको कार्यान्वयन निकै कठिन रहेको उनको कथन छ ।

sanghiyata

नेपाल कानुन समाजले शनिवार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा संघीयता मामिलाका जर्मन विज्ञ डा. माथिएस हार्टविगले संघीयताको प्रयोग सहज नभएकोतर्फ सचेत गराएका हुन् । विश्वका धेरै मुलुकहरु संघीयताका कारण चरम आस्थिरता भोग्न वाध्य भएको आफ्नो अध्ययनले स्पष्ट पारेको भन्दै उनले आन्तरिक राजनीति बलियो हुनुपर्नेमा जोड दिए ।

जर्मनीले दोस्रो विश्वयुद्ध पछि निर्माण भएका स्थिर सरकार, ठोस आर्थिक कार्यक्रमहरु र सुझबुझपूर्ण राजनीतिक नेताहरुका कारण चाडैं समृद्धि हासिल गरेको हार्टविगको भनाई छ ।

संघीयताको कार्यन्वयनमा लामो समय विवाद र मतान्तर रहे देश वर्वाद हुने भन्दै उनले त्यस्तो भन्दा एकात्मक व्यवस्था नै उचित हुने सुझाव दिनुभयो ।

नेपालको राजनीतिक सन्तुलन हेर्दा संघीयताको कार्यान्वयन धेरै कठिन हुन सक्ने उनको भनाई छ । यसो हुँदा आमजनतामा आक्रोश थप बढ्नसक्नेपनि तर्फ पनि उनले सचेत गराएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV