१५ फाल्गुन २०७२, शनिबार

नेपालमाथि राजनीतिक प्रभाव बढाउँदै लगेको भारतले उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ। भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरौनी–काठमाडौं रेल नेटवर्क सर्वे गर्न बजेट छुट्याएरै योजना अघि सारेका छन्।

2014_11$largeimg201_Nov_2014_093651633

आफ्नो दोस्रो रेल बजेटमा मन्त्री प्रभुले काठमाडौंसम्म नेटवर्क पुर्‍याउने योजना प्रस्तुत गरेका हुन्। केन्द्र सरकारले बरौनीदेखि काठमाडौंसम्म रेल नेटवर्क जोड्ने योजनालाई अनुमति दिइसकेको इकोनिमक टाइम्सले उल्लेख गरेको छ।

चीनले तिब्बतसम्म आइसकेको रेलमार्ग काठमाडौं ल्याउन तयारी भइरहेका बेला दक्षिणी छिमेकी काठमाडौंसम्म रेल नेटवर्क ल्याउन अघिसरेको हो। २०७१ चैतमा तत्कालीन राष्ट्रपति रामवरण यादबको चीन भ्रमणको बेला तिब्बतमा आइसकेको रेल काठमाडौंसम्म जोड्ने तयारी थालिएको हो। चीनले दक्षिण ‘सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी योजनामा तिब्बत रेलमार्ग नेपाल हुँदै भारतसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।

भारतले सर्वे गर्ने तयारी गरेको बरौनी–काठमाडौं रेल्व नेटवर्ककको दूरी ३६० किलोमिटर हुनेछ। सर्वेका लागि ५४ लाख भारतीय रुपैयाँ विनियोजन गरिएको छ। भारतसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा रहँदै आएको छ। भारतीय रेल्वे सोझै काठमाडौंसँग जोडिए त्यसले नेपालको भारतमाथिको आर्थिक निर्भर्ता अझ बढाउने देखिन्छ।

LIVE TV