१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट र को–पाइलटको शव काठमाण्डु ल्याइने भएको छ ।

शुक्रबार कालिकोटमा भएको दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को–पाईलट सन्तोष रानाको शव शुक्रबार कोहलपुर लगिएको थियो ।मौसम खुलेपछि काठमाण्डु ल्याइने शवको शिक्षणअस्पतालमा पोस्टमार्टम गरिने छ । पोस्टमार्टमपछि पाइलट दिनश न्यौपानेको शव दाहसस्कारका लागि पुन कोहलपुर लगिने छ ।

neupane

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस–२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।दुर्घटना हुँदा पाइलट र को–पाइलट दुवैको ज्यान गएको हो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को–पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

 

LIVE TV