१५ फाल्गुन २०७२, शनिबार

गौशाला, महोत्तरीको जलेश्वर नगरपालिका–१७ र १८ मा एक बाँदरले दुई÷तीन दिनदेखि आतङ्क मच्चाएको छ ।

badar
सो बाँदरले जलेश्वर परिकौली फुल्हट्टाका सात बालबालिकालाई टोकेर घाइते बनाएको छ । घाइते हुनेमा जलेश्वर–१७ का सात वर्षीय आलाक झा, आठ वर्षीय कृष्णा मुखिया, सात वर्षीय चन्दन झा, आठ वर्षीया अञ्जु कुमारी, सात वर्षीया उषा कुमारी, १२ वर्षीया बबिता कुमारी र वडा नं १८ का विक्रम महतो रहेको स्थानीयवासीले बताएका छन् ।

दुई÷तीन दिनदेखि अचानक गाउँमा देखा परेको सो बाँदरले एक्लो मान्छेलाई देख्दा लखेट्ने तथा घर–घरमा पसेर अन्नपात खाइदिने, भाँडाकुडा फाल्नुका साथै घरमा पनि क्षति पु¥याउने गरेको छ ।

सो बाँदर एक्लै भए पनि मानिससँग नडराउने तथा गाउँमै बस्ने गरेको र समूहमा गएर धपाउँदा वनतिर जाने र पछिपछि फर्केर आउने गरेको स्थानीयको भनाइ छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV