१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,विगत लामो समयदेखि शान्त रहेको काठमान्डौको केन्द्र कोटेश्वरमा  केहि समयदेखि अपराधका घटना बढेका छन् ।गत फागुन १२ गते राति १० बजे लाइफ स्टार प्रा.लि.का प्रमुख रबिन्द्र श्रेष्ठ आफ्ना गाडीहरुमा तेल भरि घर फर्कने क्रममा सिटी टावर (प्रहरी कार्यालयसंगै ) कोटेश्वर दोहोरि साझबाट निस्किएका  १ दर्जन बढी युवाहरुको आक्रमणमा परे ।प्रहरी कार्यालय नजिक पनि धारिलो हतियार प्रयोग गरि श्रेष्ठमाथी  आक्रमण भएपछी कोटेश्वरको सुरक्षा व्यबस्था कमजोर रहेको देखिएको छ ।

koteswr

आक्रमणमा परि गम्भीर घाइते श्रेष्ठको उपचार भइरहेको छ ।आक्रमणमा संलग्न रहेका कोहि पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्  ।प्रहरी कार्यलय नजिकै भएको यस घटनाका दोषीलाई अहिले सम्म पहिचान सम्म नगरेको भन्दै घाइते श्रेष्ठका दाजु तारा श्रेष्ठले प्रहरीमाथि  पनि संका गर्न सकिने ठाउँ भएको बताए ।

घटनामा संग्लग्नले  गर्दा म ठकुरी हु र डीआइजीको छोरा  हु भन्दै आक्रमण गरेको पिडित श्रेष्ठले बताए  ।

यस घटनाबारे कोटेश्वर प्रहरी प्रभाग प्रमुख उद्दव सि भाटसंग सम्पर्क गर्दा त्यस दिन प्रधानमन्त्री के पी ओली भारत भ्रमणबाट फर्किने कार्यक्रम रहेको र प्रहरीको टिम प्रधानमन्त्रिको रुट सुरक्षामा ब्यस्त हुदा रातिको १० बजे घटना घटेको  जानकारी आएको र प्रहरी घटना स्थल पुग्दा घटनास्थलमा कोहि नभेटेको  बताए  ।घटनामा संलग्न केहीको पहिचान भएको र उनीहरुलाई पक्राउ गर्न प्रहरी लागिरहेको बताए  ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV