१५ फाल्गुन २०७२, शनिबार

चितवन, हावामा भएको प्रदूषण पत्ता लगाउन सौराहामा वायुमापन यन्त्र जडान गरिएको छ । इसिमोडको सहयोगमा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको हाताभित्र उक्त यन्त्र जडान गरिएको हो । उक्त यन्त्रले वायुमा भएको प्रदूषणका साथै तापक्रम र वायुमा भएको पानीको मात्राबारे जनकारी गराउने छ ।

ss

कोषका प्रमुख चिरन्जीवी पोखरेलका अनुसार १५ किलोमिटर माथि वायुमण्डलमा रहेको वायुको अवस्था र हावामा रहेको कार्वन, कार्वनमनोअक्साइड, मिथेन, पानीको बाफबारे यस यन्त्रले जानकारी दिनेछ ।

यन्त्रको जडानपछि चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा भएको वातवरण प्रदूषणका साथै जैविक विविधता संरक्षणमा मद्दत पुग्नुका साथै अन्तर्राष्ट्रिय मापनअनुसार भए÷नभएको सूचना प्राप्त गर्न सकिने प्रमुख पोखरेलले बताउनुभयो । उक्त यन्त्रमा छ प्रकारको डिजिटल उपकरण जडान गरिएको छ ।

यन्त्रले वायु प्रदूषणले मानव र वन एवम् वन्यजन्तुमा पारेको असर थाहा पाउन सकिने बताइएको छ । तीन महिनासम्म नियमित तथ्याङ्क लिएर अवस्थाको बारेमा विश्लेषण गर्न सकिने उहाँले बताउनुभयो । जसका लागि इसिमोडका कर्मचारीसहित दुई जना कर्मचारी नियमित रुपमा खटिइएका छन् । २४सैँ घण्टा विद्युत् आवश्यक पर्ने भएकाले सोलारबाट सो उपकरण सञ्चालन गरिएको पोखरेलले बताउनुभयो ।करिब रु छ करोडको लागतमा जडान गरिएको अत्याधुनिक सो यन्त्र नेपालको वायु प्रदूषणबारे तथ्याङ्क उपलब्ध गराउने पहिलो यन्त्र हो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV