१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ , कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट र को पाइलटको शव काठमाडौं ल्याइएको छ । शवको टिचिङ अस्पतालमा पोस्टमार्टमपछि दाहसस्कारका लागि पुनः कोहलपुर लगिनेछ ।

pailatदुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र कोपाईलट सन्तोष रानाको हिजो कोहलपुर लगिएको थियो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस २ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा पाइलट र को पाइलट दुवैको ज्यान गएको हो । तर, उनीहरले विमानमा सवार ९ यात्रुको ज्यान जोगाएका थिए ।
जहाज आकाशमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV