१५ फाल्गुन २०७२, शनिबार

तुलसीपुर ,दाङ । सभामुख ओनसरी घर्तीले नीति र विधि निर्माण गरी संविधान कार्यान्वयन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले धैर्य गर्नुपर्ने बताउनुभयो ।

 

savamukh

नाकाबन्दी लगभग खुलेको र असन्तुष्ट समूहहरुसँग सरकारले थालेको वार्ता सकारात्मक बन्दै गएकाले नयाँ संविधान कार्यान्वयन पाटो सहज बन्दै गएको सभामुख घर्तीको भनाइ थियो ।सभामुख घर्तीले भन्नुभयो – “हामी सबैले धैर्य गरौँ, आशा गरौँ अनि विश्वास गरौँ । यिनै राजनीतिक दलले संविधान निर्माण गरेका हुन् । कार्यान्वयन गर्न पनि त्यसैगरी लाग्ने छन् ।”

“मधेसवादी दलको असन्तुष्टि अझै पूर्ण रुपमा सम्बोधन भइसकेको छैन, त्यसका लागि सबै दलसँग समन्वय भइरहेको छ” – उहाँले भन्नुभयो यसैबीच, राप्ती अञ्चल अस्पताल तुलसीपुर परिसरमा निर्माण गरिएको कालीकादेवी रक्तसञ्चार केन्द्रको शुक्रबार सभामुख घर्तीमगरले उद्घाटन गर्नुभयो ।

तुलसीपुर निवासी समाजसेवी वामदेव उपाध्यायले स्व। श्रीमती कालिकादेवी उपाध्यायको संस्मरणमा निर्माण गर्नुभएको भवनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई शुक्रबार नै हस्तान्तरण गर्नुभएको थियो ।उपाध्यायले झन्डै रु ५२ लाख खर्चेर रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अस्पताल परिसरमा १० कोठे भवन निर्माण गरिदिनुभएको हो । रासस

LIVE TV