१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ ,निर्वाचन आयोगले मतदान गर्न योग्य व्यक्तिहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचनमा मतदानका लागि तयारी भएर बस्दा मतदातालाई पनि सहज हुने आयोगको भनाई छ । कुनै पनि वेला निर्वाचन हुन सक्ने र यसका लागि मतदाताहरु तयार हुनुपर्ने भन्दै आयोगले यस्तो आग्रह गरेको हो ।

nirwa
आयोगका प्रवक्ता वासुदेव गुरागाईले प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका कार्यालयमा समेत नामावली दर्ता गराउन सकिने जानकारी दिनुभयो । निर्वाचन आयोग स्वतन्त्र संवैधानिक निकाय भएकाले नेपालमा हुने कुनै पनि निर्वाचनको मिति आफै तोक्ने हो भने निर्वाचनको तयारी गर्न समेत सजिलो हुने आयुक्त गुरागाईले वताउनुभयो ।
आयोगलाई नै मिति तोक्ने अधिकार दिने हो भने तोकिएकै समयमा निर्वाचन गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन आयोग एक स्वतन्त्र निकाय भए पनि नेपालमा निर्वाचनको मिति तोक्ने अभ्यास राजनीतिक दलहरुले नै गर्दै आएका छन । निर्वाचन आयोगले निर्वाचनको मिति दलहरुसँगकै परामर्शमा तोक्ने गरे पनि आयोगलाई पूर्ण अधिकार दिन दलहरु आलटाल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV