
सुर्खेत ,११ बजे तिर फोन गरेर भने दिदी, म साँझ जसरी पनि सुर्खेत आइपुग्छु, सबै नातेदारलाई खबर गर्नूु शुक्रबार बिहान ११ बजे नेपालगन्ज एयरर्पोटबाट को पाईलट दिनेश न्यौपानेले फोन गरे। दिदी कृष्णा न्यौपाने , भुसाल हर्षले गदगद भइन्। भाइको सफलतामा पार्टी गर्ने कार्यक्रम थियो। उनी अलिकति पनि ढिला नगरी तयारीमा जुटिन्। आवश्यक सामग्री जोरजाम र नातेदारलाई खबर गर्ने काम एकसाथ अघि बढ्यो।
को–पाइलट दिनेश ६ महिनाअघि मात्र ुपाइलटु मा बढुवा भएका थिए। त्यही खुसीमा सुर्खेतस्थित दिदीको घरमा पार्टीु गरिँदै थियो। तर, खुसीको माहोल धेरै बेर टिकेन। एक्कासि दिनेशले चलाएको जहाज दुर्घटनाग्रस्त भएको खबर आइपुग्यो।अन्योल र आशंकाकै बीच कृष्णा हतारीएर सुर्खेत विमानस्थल पुगिन्। नातेदारलाई खबर गर्दै थिएँ, कालिकोटको चिलखायामा भाइले चलाएको हवाई जहाज दुर्घटना भएको खबर आयो,उनले भनिन्। दुर्घटना भए पनि भाइलाई कुनै क्षति नभएको खबर सुन्न व्यग्र थिइन्, कृष्णा। त्यसैका लागि मनमनै भगवान् पुकारिरहेकी थिइन ।
तर, नसोचेकै भइदियो, परिवारलाई नै खुसी दिने प्यारो भाइ सधैंका लागि गुमाउनुपरेको खबर लिएर आयो, नियति।चार भाइबहिनीमध्ये कान्छा हुन् दिनेश कृष्णा र अर्चना दुवै दिदी सुर्खेतमै भएकाले दिनेश यहाू आउने तयारीमा थिए। आज जुम्लाको फ्लाइट छ, त्यो पूरा गरेर नेपालगन्ज झर्नेबित्तिकै सुर्खेत आउूछु,दिनेशले उड्नुअघि भनेका थिए।अन्तत अरुलाई बचाए आफु रहेनन । बिमानको दुर्घटन हुने खतरा बुझेपछि अतालीयका यात्रुहरुलाई नआतिन आग्रह गर्दै भने हामी मरेर भएपनि तपाँईहरुलाई बचाँउछौँ । भयो पनि त्यस्तै बुझिनसक्नुदैवको लिलाका अगाडी उनि सदाका लागी हराएर गए । आखीर यो साल कृष्णका अगाडी सतीसाल भएर उभियो ।
उनी तीन वर्षअघि काष्ठमण्डप एयरमा को–पाइलटका रूपमा प्रवेश गरेका थिए। ६ महिनाअघि अमेरिकाबाट तालिम सकेर फर्केपछि पाइलट भएका थिए। अमेरिकाबाट आएदेखि नै भाइ सुर्खेत आउने तयारीमा थियो, समय मिलेको थिएन,कृष्णाले भनिन्, आज जसरी पनि आउूछु भनेकाले तयारी अवस्थामा बसेका थियौं।भाइको मृत्युको खबर सुनेपछि उनी मूर्च्छित छिन्।
काष्ठमण्डप एयरमा काम थाल्नुअघि दिनेशले फ्लाइट ट्रेनिङ सर्भिस साउन, अफ्रिकाबाट पाइलट कोर्स पूरा गरेका थिए। त्यसपछि अघिल्लो वर्ष मात्र फ्लाइट ट्रेनिङ लिन अमेरिका गएका थिए। नातेदारले समयमै उद्धार नहुूदा दिनेशको मृत्यु भएको आरोप लगाएका छन्।