१५ फाल्गुन २०७२, शनिबार

लोकसेवा आयोगले पहिलोपटक विकट र दुर्गम जिल्लाको रुपमा रहेका डोल्पा र हुम्ला सदरमुकामबाटै परीक्षा दिन पाइने व्यवस्था गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

do
आयोगले दुर्गम र विकट स्थानमा आफ्नो सेवा विस्तार गर्ने योजनाअनुसार डोल्पा र हुम्लाबाट पनि परीक्षा दिन पाइने व्यवस्था मिलाएको जनाएको छ।
सो व्यवस्थाअनुसार आयोगले २२ फागुनदेखि हुन गइरहेको नायब सुब्बाको परीक्षा डोल्पा सदरमुकाम दुनै र हुम्ला सदरमुकाम सिमिकोटबाट लिन लागेको आयोगका सचिव श्रीधर सापकोटाले जानकारी दिए।विकट डोल्पा र हुम्लाबासी यसअघि लोकसेवा आयोगका सवै तहको परीक्षा दिन सुर्खेत वा नेपालगञ्जमध्ये एक ठाउँमा आउन बाध्य हुन्थे।

प्रतिक्रिया दिनुहोस्

LIVE TV