१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं – कुनै समय राज्यविरुद्द सशस्त्र युद्ध गरेका माओवादी लडाकु अब राष्ट्रका तर्फबाट अर्को मुलुकमा द्वन्द्व रोक्ने शान्ति मिसनमा जाने भएका छन् । नेपाली सेनामा समायोजन भएमा माओवादीका पूर्वलडाकु अब शान्ति स्थापना मिसनमा जान लागेका हुन् । ०५२ सालबाट तत्कालीन विद्रोही माओवादीले थालेको सशस्त्र द्वन्द्वमा लडाकुहरु राज्यविरुद्ध सशस्त्र युद्धमा होमिएका थिए ।

pla

 

‘१२ वर्षमा खोला पनि फर्कन्छ भने झन्डै दुई दशकपछि तिनै पूर्व लडाकु अरु मुलुकमा शान्ति स्थापना गर्न राष्ट्रसंघको शान्ति सेना मिसनमा नेपालको प्रतिनिधित्व गर्दै जानेछन् । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार अर्को ९२०७३साल० मा समायोजन भएकामध्ये करिब ८० देखि ८५ पूर्वलडाकु विभिन्न मुलुकमा शान्ति सेनामा जानेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV