
काठमाडौं । सिरहाका मदन महरा शुक्रबार जनकपुरको बजाज मोटरसाइकल सोरुममा मोटरसाइकल छान्दै थिए ।उमेरले ६० वर्ष नाघेका महरा आफ्ना लागि नभई छोरीको बिहेमा दाइजो दिन मोटरसाइकल किन्दै थिए । उनीसँगै दुलाहाका जेठा दाजु रामसेवक रविदास पनि आफूलाई मन पर्ने मोटरसाइकल छान्दै थिए अन्नपूर्णमा समाचार छ ।
आर्थिक रुपमा विपन्न महराले छोरीको बिहेमा केटा पक्षले केही नगदसँगै मोटरसाइकल अनिवार्य हुनुपर्ने माग गरेपछि वर पक्षले भनेको ठाउँमा मोटरसाइकल किन्न आएको बताए ।जनकपुरका मोटरसाइकल सोरुमहरुमा विवाहको लगनसँगै दाइजो मोटरसाइल किन्न आउनेको भीडभाड बढेको छ ।