१५ फाल्गुन २०७२, शनिबार

 

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चैत ७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने लगभग निश्चित भएको छ ।दक्षिणी छिमेकी मुलुक भारतको ६ दिने राजकीय भ्रमण सकेर बुधबार स्व्देश फर्केका प्रधानमन्त्री ओलीको एक महिनापछि चीन यात्रा हुन लागेको हो ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

kkkp 2

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमण मितिबारे मौखिक जानकारी दिइसकेको कूटनीतिक स्रोतले बतायो । प्रधानमन्त्री ओली बढीमा चारदेखि पाँच दिनसम्म चीनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV