१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं – सरकारले सिंगल इन्जिन जहाज उडानमा केही समयका लागि रोक लगाएको छ । एयर काष्ठमण्डपकोे जहाज शुक्रबार कालिकोटमा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालै सिंगल जहाजलाई उडान गर्न रोक्ने निर्णय गरेको हो ।

 

pln

‘यस्ता जहाजहरु प्राविधिक रुपमा कति ठीक छन् भन्ने जाँच गर्नुपर्न भएको छ,त्यसैले तत्कालका लागि सिंगल इन्जिनवाला जहाजलाई उडान गर्न रोक्ने निर्णय गरिएको हो,’ पर्यटनमन्त्री आनन्द पोखेरलले भने, ‘प्राविधिक रुपमा सुरक्षित छन् भन्ने भएमा फेरि चल्छन् ।’
उनले वायुसेवा सञ्चालकहरुसमेतको सुरक्षा र लगानीको विषय भएकाले सिंगल इन्जिन भएका जहाजको उडानमा तत्कालका लागि रोक लगाइएको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV