१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा विगत चार वर्षयता चढाइएका सामाग्री बिक्रीमा राख्ने भएको छ ।२०६८ सालदेखि भण्डारमा थन्काइएका विभिन्न कपडा र शृंगार सामग्री सेभिनियर पसल खोलेर विक्री गर्न लागिएको आजको अन्नपूर्णमा समाचार छ । यसका लागि कोषले शनिबारदेखि सामाग्री सूचीकृत गर्ने भएको छ ।

pa

कोषले २०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावी बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामाग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरमै राख्दै आएको थियो ।

कोषले मन्दिरको पश्चिम द्वारछेउमा सेभेनियर पसल सञ्चालन गरि बिक्री गर्न लागको हो ।काठमाडौं । सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिदन सभापतिका आकांक्षी आ(आफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् ।

कार्यवहाक समापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहाद्र देउवा निकटकालाई भागबन्डा मिलाएर उम्मेदवारी घोषणाको तयारीमा भएको नागरिक दैनिकमा समाचार छ ।सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको साझा उम्मेदवार बन्ने कसरतलाई तीब्र बनाएका कार्यवहाक सभापति रामचन्द्र पौडेलको प्रयास सफल भएको छैन । सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेतृ सुजाता कोइराला अडानमा कायमै छन् ।

पौडेलले बिहीबार र शुक्रबार पनि सभापतिका आकांक्षीलाई समेटेर साझा उम्मेदवार बन्ने प्रयास साझा उम्मेदवार बन्ने प्रयास जारी राखेपनि सिटौलासहितका नेता सभापति उम्मेदवारीको अन्तिम तयारीमा जुटेका छन् । सवै सभापतिका उम्मेदवार आफ्ना पक्षमा प्यान बनाउन नेता तानातान गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्

LIVE TV