१४ फाल्गुन २०७२, शुक्रबार

कुनै समय नेपालको बिदेशी मुद्रा आर्जन गर्ने महत्वपुर्ण उद्योग नेपाली तयारी पोशाक गार्मेण्ट उद्योगले पुर्नजीवन पाउने संकेत देखिएको छ । नेपाली तयारी पोशाक उद्योगलाई अमेरिकी सरकारले कर छुटको ब्यवस्था गरे पछि नेपाली तयारी पोशाकले पुर्नजीवन पाउने अवस्था देखिएको हो । नेपाली तयारी पोशाकले अमेरिकी बजारमा कमाएको पुरानो ब्राण्डलाई फर्काउन अमेरिकी सरकारले दिएको मौकालाई नेपाल सरकार र नेपालको निजी क्षेत्रले बिश्व बजारमा गुणस्तरीय उत्पादनमा आफुलाई पुर्नस्थापित गराउन भने निकै मेहेनत गर्नु पर्ने हुन्छ ।कुनै समय नेपालको गार्मेण्ट उद्योग निकै बलियो निर्यातजन्य ब्यापारको रुपमा कहलिएको थियो, बिश्व बजारमा । अमेरिकी बजारमा कुनै समय नेपाली तयारी पोशाकले निकै नाम चम्काएको थियो । सन १९९० को दशक नेपाली तयारी पोशाकको सख्या झण्डै १२ को हाराहारीमा थियो तर अहिले नेपाली तयारी पोशाक उद्योग खस्किएको छ । मुश्किले अहिले सचालनमा अवस्थामा एक दर्जनको सख्यामा तयारी पोशाक उद्योगहरु खुम्चिएको छ । नेपाली तयारी पोशाक उद्योगको खस्कदो अवस्थालाई अमेरिकी सरकारले पुनः एक पटक अवसर दिएको छ । राष्ट्रपति बाराक ओवामाले नेपाली तयारी पोशाकलाई कर छृुट दिनृे बिद्येयकमा हस्ताक्षर गरे पछि नेपाली तयारी पोशाक उद्योगलाई एक पटक निकै महत्वपुर्ण अवसर प्राप्त भएको नेपाल तयारी पोशाक उद्योग सघका पूर्व अध्यक्ष किरण प्रकाश शाखः बताउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV