१४ फाल्गुन २०७२, शुक्रबार

पोखरा, नेपाल तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजना तथा विश्व तेक्वान्दो मुख्यालय दक्षिण कोरियाको सहयोगमा पहिलोपटक पोखरा वल्र्ड तेक्वान्दो हानमादाङ २०१६ हुने भएको छ ।

te

खेलको जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका सचिव जगन गुरुङले भोलिदेखि हुने प्रतियोगिता यही फागुन १७ गतेसम्म (तीन दिन) हुने जानकारी दिनुभयो ।

पोखरामा पहिलोपटक हुने प्रतियोगितामा स्वदेश एवम् विदेश (सात देश)का ७०० जना खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको र खर्चको दुई तिहाइ रकम विश्व तेक्वान्दो मुख्यालय दक्षिण कोरियाले उपलब्ध गराउने र बाँकी रकम राष्ट्रिय तथा स्थानीयस्तरमा व्यवस्थापन गरिने नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले जानकारी दिनुभयो ।

कोरियामा हरेक वर्ष हुँदै आएको मेगा इभेन्ट पोखरामा गर्न पाउनुलाई ठूलो अवसरका साथै चुनौतीका रुपमा समेत लिइएको उहाँले बताउनुभयो ।

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने खेलमा भाग लिन नेपालसहित भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र अफगानिस्तानबाट खेलाडी पोखरा आइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV