१४ फाल्गुन २०७२, शुक्रबार

म्याग्दीको दाना–१ स्थित सोले घोप्टे भिर मुनी बुधबार भएको तारा एयरको विमान दुर्घटना परी ज्यान गुमाएका १५ जनाको शव पहिचान भएको छ । बाँकी आठ जनाको शव पुरै आगोले जलेर चिन्न नसकिएको बताईएको छ । दुर्घटनास्थलबाट सबैको शव उठाइएको छ ।पहिचान भएका ३ जनाको शव मुस्ताङमै परिवारजनलाई जिम्मा लगाइएको छ मुस्ताङका कृष्णलाल भट्टचन, विनता भट्टचन र उनको नावालक छोराको शव पहिचान भएकाले मुस्ताङमा नै जिम्मा लगाइएको हो ।

 

tara-358x300

 

पाइलट रोशन मानन्धर, को पाइलट दिकेश एमफुल विमान परिचारिका रमा रावल लगायत डोल्मा छिरिङ शेर्पाको पनि शव काठमाडौको टिचिङ अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तलाइ बुझाइएको हो ।
यसैगरी पोखरा मासवारका रेवती वरालको शव पनि पहिचान भएको छ । रेवतीको अनुहार जलेर नचिनिने अवस्था भएपनि उनले लगाएको कपडा र औंठीले शव पहिचान गरिएको उनका भतिज रामचन्द्र वरालले जानकारी दिए ।
नेपाली सेनामा कार्यरत राजकुमार तामाङ, गाविस सचिव तथा पोखरा फुलवारीका मुक्तिनाथ बास्तोला, कोष तथा लेखानियन्त्रण कार्यालयका सहलेखापाल बालकृष्ण निउरे, मुस्ताङकी डोल्मा छिरिङ शेर्पा, कुवेतका रालरसिद अहमद, कमला थकालीको वच्चाको पनि शव पहिचान भएको छ । उनीहरुको शब भने पोस्टमार्टम हुन् बाँकी नै छ र शुक्रबार मात्र पोस्टमार्टम गरिने छ । पहिचान भएका शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV