फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि स्विट्जरल्याण्डको जुरिचमा आज हुन लागेको निर्वाचनमा अध्यक्षका लागि पाँचजनावीच प्रतिस्पर्धा हुनेछ ।
एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली बिन अल हुसैन, युएफाका महासचिव जियानी ईन्फान्टिनो, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल अध्यक्षको दौडमा रहेका छन् ।
पाँच प्रतिस्पर्धीमध्ये एएफसी अध्यक्ष शेख सलमान र युएफा महासचिव जियानी ईन्फान्टिनोलाई फिफा अध्यक्षको बलियो दाबेदारका रुपमा हेरिएको छ । निर्वाचनमा फिफामा आबद्ध २ सय ७ राष्ट्रका सदस्यहरुले निर्वाचनमा सहभागिता जनाउनेछन् ।
अध्यक्षका उम्मेदवारले पहिलो चरणमै निर्वाचित हुन कम्तिमा १ सय ४ भोट ल्याउनु पर्ने हुन्छ । अध्यक्षका प्रतिस्पर्धी कोहीले पनि स्पष्ट बहुमत २०७ मध्ये १०४ भोट ल्याउन नसके दोस्रो चरणको निर्वाचन हुनेछ ।यसअघि फिफाका अध्यक्ष सेफ ब्लाटर भ्रष्टाचारको आरोपमा विवादमा तानिएपछि अध्यक्षमा निर्वाचित भएको चारदिनपछि नै पदबाट राजीनामा दिएका थिए । उनीसंगै फिफाकै अन्य अधिकारीहरु पनि भ्रष्टाचारको मुद्दामा विवादमा तानिएका थिए ।