१४ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, । गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षति भई खुला आकाशमुनि बस्न र पढ्न बाध्य बालबालिकाको भवन निर्माण तथा संरक्षण गर्नका लागि ललितपुरको टौखेलदेखि दोलखासम्म १४५ किमी लामो अल्ट्रा म्याराथुन हुने भएको छ ।

mmm

 

विगतमा पनि बालबालिकाको हितका लागि दौडमार्फत सहयोग गर्दै आइरहेका रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र विदेशी धावक डेभिड जे एनग्राम दौडमा सहभागी हुनेछन् ।

दौडमा सहभागी धावक रामसुन्दर कार्कीले पर्यटन प्रवद्र्धन र खेलकुदमार्फत बालबालिकाको संरक्षण भन्ने मूलनाराका साथ गोदावरी नगरपालिकाको टौखेलबाट दौड सुरु गरिने जानकारी दिनुभयो ।

उहाँले दौडका लागि प्रायोजन गर्ने विभिन्न सङ्घसंस्थामार्फत प्राप्त आर्थिक सहयोग सङ्कलन गरी भूकम्पबाट क्षतिग्रस्त भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

दौड गोदामचौर, ठाडोखड्ग, कार्कीटार, ढुङ्गासाँघु, शङ्ख देवी, धाराचौर, लामाटार, अनन्तलिङ्गेश्वर, बिरुवा, दधिकोट, गुन्डु, सूर्यविनायक, बनेपा, धुलिखेल, अनैकोट, पाँचखाल, लामोसाँघु, खाडीचौर, मुडे, चरिकोट हुँदै दोलखा भीमसेनथान मन्दिरमा गएर टुङ्गिनेछ । उक्त दूरी करिब १४५ किमी रहेको छ । अल्ट्रा दौड आगामी चैत २४ गते सुरु भई २५ गते सम्पन्न हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV