१४ फाल्गुन २०७२, शुक्रबार

एजेन्सी – चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुव्र्यवहारबारे बिबिसीका कर्मचारीहरु विज्ञ भए पनि डरका कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

bb

उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानबिनका क्रममा सेभिलबाट यौन दुव्र्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो । डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुव्र्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बिबिसीमा व्यवस्थापन जानकार थियो ।

बिबिसी ट्रष्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरुको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् ।

LIVE TV