१४ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं – निर्वाचनमा उठेका उम्मेदवारमध्ये कोही पनि मन परेन भने के गर्ने त्यस्ता मतदाताले खराबमध्ये कम खराबलाई मत दिनुपर्ने वा मतदानै नगरी बढी खराबलाई जित्ने अवसर दिनुपर्ने बाध्यता छ । तर, अब निर्वाचन आयोगद्वारा प्रस्तावित विधयेक पारित भएमा मतदाताले कसैलाई पनि मत दिन्न नो भोट पनि भन्न पाउनेछन् ।

v

 

प्रस्तावित स्थानीय निकायको निर्वाचन ऐन कार्यविधि ऐन २०४८ मा संशोधन गर्न बनेको विधेयकमा मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने व्यवस्था छ । मन नपरे पनि प्रतिस्पर्धी उम्मेदवारमध्ये कुनै एकलाई मत दिनैपर्ने परम्परागत अभ्यासविपरीत आयोगले मतदातालाई सबै उम्मेदवार इन्कार गर्न पाउने व्यवस्था प्रस्ताव गरेको हो ।  कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV