१४ फाल्गुन २०७२, शुक्रबार

बेलायती राजकुमार ह्यारी आगामी २० देखि २३ मार्चसम्म नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । केनसिनटोन प्यालेसले बिहीबार ट्विटमार्फत राजकुमार ह्यारीले नेपालको चारदिने औपचारिक भ्रमण गर्न लागेको सार्वजनिक गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

 

be

प्यालेसका अनुसार भ्रमणका क्रममा उनी पोखरास्थित गोर्खा सैनिक क्याम्प र नेपालको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् । यसअघि गत महिना केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल जान लागेको जनाएको थियो ।

ट्विटमा ‘राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन्’ भन्ने उल्लेख थियो । सुरक्षाको कारण देखाउँदै केनसिनटोन प्यालेसले भ्रमणको मितिलगायतको विस्तृत विवरण गोप्य राखेको थियो । राजकुमार ह्यारीको बेलायतबाट नेपालमा पहिलोपटक राजकीय भ्रमण हुन लागेको हो ।

LIVE TV