१४ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं – भारतको राजकीय यात्राबाट फर्केको २४ घन्टा बित्न नपाउँदै प्रधानमन्त्री केपी ओलीले सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुको आक्रोस र अविश्वासपूर्ण प्रश्नको सामना गर्नुपरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

kp-Oli-21

६ दिने भारत यात्राका बारेमा सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी दिन बिहीबार बालुवाटारमा आयोजित करिब एक घन्टाको बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए – नेपाल र भारतबीच अब सौहार्दपूर्ण सम्बन्ध कायम भएको छ ।’ उपस्थित नेताहरुले प्रधानमन्त्रीको सम्मानमा नेपाल र नेपालीले के पाए भन्ने प्रश्न दोहोर्याइरहँदा ओलीले भनेका थिए – मेरो यात्राले नेपाल भारत सम्बन्ध सहज बनायो । अविश्वासको सबै दूरी हट्यो ।’

ओलीको जवाफबाट आश्वस्त हुन नसकेका सहभागी नेताहरुले प्रतिप्रश्न गरिनै रहे पनि प्रधानमन्त्रीबाट खासैै उत्तर भने आउन नसकेको सहभागी एक नेताले बताए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बैठकमा प्रधानमन्त्रीबाट ठोस कुरा नआएको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले भारतीय प्रधानमन्त्रीसँग एकल ९वान अन वान० वार्तामा हिन्दू राष्ट्रका बारेमा के कुरा भएको हो भन्दै राखेको जिज्ञासामा प्रधानमन्त्रीले त्यस्तो केही नभएको बताएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV