१३ फाल्गुन २०७२, बिहीबार

भैरहवा – नेकपा एमालेले जनताको संविधान जनताको माझ भन्दै संविधानबारे जानकारी गराउन आयोजना गरेको आमसभालाई लक्षित गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबारको लागी रुपन्देही बन्दको आव्हान गरेको छ । बन्दको पूर्व सन्ध्यामा रुपन्देहीको धकधईमा मोर्चाले मशाल जुलुश समेत निकालेको छ ।

julus
संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावनाका जिल्ला अध्यक्ष ओम प्रकाश यादव (गुल्जारी), तराई मधेश सदभावना पार्टीका श्रीनिवास यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका शैलेन्द्र पाण्डे र राष्ट्रिय मधेश समाजवादी पार्टीका देवमणि पाण्डेद्धारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा एमालेले संविधान बुझाउने भनेको कार्यक्रम नाटक मात्र भएको उल्लेख छ ।
बिज्ञप्तीमा एमालेले गर्ने सो कार्यक्रममा सहभागी नहुन अपिल गर्दै शुक्रबार रुपन्देही बन्दको आव्हान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा मोर्चाले रुपन्देहीको धकधईमा मशाल जुलुश समेत निकालेको छ । मोर्चाका क्षेत्रिय संयोजक तथा युवा फोरमका केन्द्रिय सदस्य बिद्या यादवको नेतृत्वमा निकालिएको जुलुशमा नेताहरु सरोज कुमार पाण्डे, मनोज यादव लगायतको सहभागीता थियो ।
यसअघि मोरङमा एमाले सम्बध युवा संघले गरेको कार्यक्रममा मोर्चाले विथोल्न खोज्दा झडप भएको थियो । जसमा मोर्चाका कार्यकर्ताको ज्यान समेत गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV