१३ फाल्गुन २०७२, बिहीबार

‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइम बिहीबार यहाँबाट हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ ।kamal-Thapa
‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई हिन्दू राष्ट्र कायम गर्न यो अभियान थालिएको आयोजकले जनाएको छ ।
यहाँ बिहीबार आयोजित हिन्दुत्व जागरण सभाको राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्दै विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दू राष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको बताए ।
अध्यक्ष थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताए

 

LIVE TV