१३ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अवैध धन्दा गर्ने मेनपावर सञ्चालकहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले पीडितले लिखित र मौखिक उजुरी दिएको आधारमा आफूहरुले मेनपावर व्यावसायीहरुलाई पक्राउ गरेका बताएका हुन् ।

ssp-sarvendra-khanal

एसएसपी खनालले नेपाली हेडलाइनससंग भने, ‘ठगी धन्दा गरेर कानुन भन्दा कोही पनि हुँन सक्दैन, अवैध धन्दा गर्ने विदेशमा पठाएर अलपत्र पार्ने बढी पैसा लिनेहरुलाई कारवाही हुन्छ ।’ वैदेशिक रोजगारमा पठाउदा फ्रि भिषा, फ्रि टिकट गरी अधिकतम दस हजार रुपैयाँ भन्दा बढी लिन नपाउने सरकारको नीति रहेको छ । केही मेनपावर कम्पनिहरुले विदेशमा रोजगारीमा पठाउदा धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको संझौता अनुसारको काम नलगाई श्रमशोषण गरी मानव बेचविखन समेत गरेको, भिजिट भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाउने गरेको आधारमा पक्राउ गरिएको एसएसपी खनालले बताए ।

सरकारको निर्णय विपरीत मोटो रकम लिएर संगठित रुपमा कामदारहरुको श्रम शोषण गरी मानव बेचविखन समेतमा संलग्न मेनपावरहरुका सञ्चाललाई बुधवार प्रहरीले प्रक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ,ललितपुर र बैेदेशिक रोजगार विभागमा पठाईएको महाशाखाले बताएको छ ।

महाशाखाले विभिन्न १४ वटा लिखित र सयौ मौखिक उजुरीको आधारमा मेन पावर व्यावसीहरुलाई पक्राउ गरेको थियो । मेनपावर व्यवसायीहरुले भने प्रहरीले पक्राउ गरेको विरोधमा सम्पूर्ण मेन पावर कार्यालय बन्द गरेका छन् । तर प्रहरीले भने कुनै दबाबमा नपरी कानुन अनुसार कारवाही गर्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV