१३ फाल्गुन २०७२, बिहीबार

मुस्लिम र हिन्दू सामुदायको साझा आस्थाको केन्द्र बनेको मदार बाबा मेलाका लागि नवलपरासीमा तयारी पूरा भएको छ । मेलामा यस बर्ष नेपाल र भारतबाट गरी करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ । आगामी फाुगन १५ गतेदेखि फागुन २४ गतेसम्म लाग्ने मेलाको ब्यवस्थापनका लागि दर्शनार्थीको बासस्थान, सडक , खानेपानी , शौचालय , शान्ति सुरक्षा , स्वयमं्सेवक परिचालन गरी सबै तयारी पूरा भएको मेला ब्यवस्थापन समितिका सचिब अजबुद्धिन मियाँले जानकारी दिनुभयो ।

LIVE TV