१३ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सधँै सिमानामा बसेर देशको रक्षा गरेका मधेसी जनता देशका बिनाबर्दीका सेना भएको बताउनुभएको छ ।

morang upandra
यहाँ आज रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले देशको रक्षा र निर्माणमा सबै जनताको उत्तिकै भूमिका भएकामा जोड दिँदै भन्नुभयो, “यहाँ मधेसीलाई विदेशीलाई जस्तो व्यवहार गरिन्छ, तर उनीहरुले नेपाली सीमाको रक्षा बिनाबर्दीका सेनाका रुपमा गरेका छन् ।”

हिमाली, पहाडी र मधेसीको भावनात्मक एकतामा जोड दिएका अध्यक्ष यादवले हिजोको मधेस आन्दोलन अब जनआन्दोलनको स्वरुपमा परिवर्तन भएको बताउँदै भन्नुभयो, “अब आन्दोलनको थलो काठमाडौँ हुनेछ र आन्दोलनकारी हिमाली, पहाडी र मधेसी सबै हुनेछन् ।” आन्दोलन अन्त्य नभएको र स्वरुपमात्र बदलिएको बताउँदै उहाँले भन्नुभयो, “जनआन्दोलन शान्तिपूर्ण हुनेछ ।”

फरक प्रसङ्गमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई ‘एजेन्डाविहीन घुमफिर’को सङ्ज्ञा दिनुभयो । भ्रमणले नेपाल र भारतको सम्बन्ध सुधार गर्न नसकेको बताउँदै उहाँले टिप्पणी गर्नुभयो ।

सीमाङ्कनलगायतका मुद्दा समाधान गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा बनेको राजनीतिक संयन्त्रलाई मधेसी मोर्चाले नमान्ने नेता यादवले बताउनुभयो । रासस

 

LIVE TV