१३ फाल्गुन २०७२, बिहीबार

दीर्घ रोग, अल्कोहल र धुमपानको प्रयोग , आर्थिक असमानता, पारिवारिक हिंसा र श्रीमान श्रीमतीबीचको असमझदारी अहिले नेपालमा आत्महत्याको मुख्य कारण बनेर कहालीलाग्दोरुपमा बढीरहेको छ । एउटा न्यूनीकरण गर्न नसकिने कलंक बनेर अघि बढेको यो कहालीमा अचम्म लाग्दो तवरबाट डाक्टर अथवा चिकित्सकहरुको उपस्थिति पनि देखिन थालेको छ ।

aatma hatyas

चिकित्सकहरुको एउटा ठूलो टोली केही समय अघि इलाम पुगेर आत्महत्याका बारेमा गहिरिएर अध्ययन ग¥यो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन आवद्ध टोलीले इलाममा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ ।

पूर्वको रमणीय र पर्यटकीय शहर इलाम जति अन्य पक्षले चर्चित र अनुकरणीय छ तर विगत केही बर्षदेखि आत्महत्याका कारण पनि उत्तिकै बदनाम बन्दै गएको छ । एउटा सुविधा सम्पन्न र आर्थिक हिसाबमा पनि समुन्नत जिल्लामा आखिर आत्महत्या किन त  ? यही प्रश्नमा केन्द्रित भएर पुगेको वीपी कोइरालाका चिकित्सकहरुले इलाम पुग्दा केही भयलाग्दो तथ्यहरु भेट्टाए । टोलीमा आबद्ध स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसनका प्रोफेसर डाक्टर सूर्यराज निरौलाका अनुसार शंकाको सुविधा समेत नदिई आत्महत्या गर्ने हुनाले यो एउटा सामाजिक समस्या बनेको बताउनु हुन्छ । बढीजसो  आफुलाई दीर्घरोग लागेको , अल्कोहलको बढी प्रयोग र धुमपानको अम्मली र यौनजन्य समस्या आत्महत्याको कारक पक्षको रुपमा देखिएको निरौलाको कथन छ ।

इलाममा वार्षिक सरदर ४० देखि ५० जनाले आत्महत्या गर्दै आएका छन् । स्वास्थ्य सम्बन्धि समस्याका कारण हुने आत्महत्या न्यूनीकरणका लागि इलाम पुगेको चिकित्सकको टोलीले केही उपायका ओखतीहरु पनि पत्ता लगाएको छ । जस्लाई चाँडै नै त्यस क्षेत्रमा सामाजिक जनचेतनाको रुपमा अघि बढाउने तयारी गरेको छ ।

डिप्रेसन अर्थात अवसाद आत्महत्याको मुख्य कारण हो । डिप्रेसनमा परेकाहरुले आत्महत्या गर्ने अवस्था डिप्रेसन नभएका व्यक्तिको तुलनामा पाँच गुणाले बढी हुन्छ । वैशाख १२ को महाविनाशकारी भूकम्प पछि भूकम्प प्रभावित जिल्लामा डिप्रेसनमा पर्ने व्यक्तिको संख्या धेरै गुणाले बढी छ । आत्महत्या रोक्न र डिप्रेसनमा पर्न नदिन चिकित्सकीय उपचार भन्दा पनि जनचेतना नै सबभन्दा ठूलो हतियार मानिदै आएको छ ।

नेपालको सन्दर्भमा अझ डाक्टर तथा चिकित्सकहरुमा नै आत्महत्याको दर बढीरहेको अवस्थामा जनचेतना नै गतिलो माध्यम हो भन्ने बुझ्न कठिन पर्दैन पनि । त्यसैले पनि सरकारी तथा गैरसरकारी प्रयास भए आत्महत्या र डिप्रेसनको अवस्था न्यूनीकरण गर्न सकिने अवस्था देखिन्छ । औषधि त्यो हो जस्ले मानिसको मनलाई सफा र स्वच्छ राख्न सकोस , त्यही औषधि मानिएको जनचेतना जगाउन आवश्यक भइसकेको छ ।

 

LIVE TV