काठमाडौँ, नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै जाँदा उमेद्वारी घोषणा गर्नेको सङ्ख्या बढेको छ ।
काँग्रेसको भ्रातृ संस्थाहरुको समयमा अधिवेशन हुन नसक्दा अहिले अधिकांश युवा नेताहरु पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीका लागि विभिन्न पदमा उमेद्वारी दिने क्रम बढेको हो ।
नेपाली काँग्रेस लमजुङका नेता विष्णुप्रसाद धितालले आज पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । उहाँले पछिल्लो समय पार्टीमा युवाको उल्लेख्य सहभागिता रहेको र युवाले देशलाई बदल्न सक्ने भन्दै आफूले सो पदमा उमेद्वार दिन लागेको बताउनुभयो ।
यसअघि नेपाली काँग्रेस ललितपुरका नेता रामकृष्ण चित्रकार, तनहुँका नेता गोविन्द भट्टराई, डडेलधुराका नेता केशव सिंह, सप्तरीका नेता रञ्जित कर्ण, ओखलढुङ्गाका नेता रामहरि खतिवडालगायतले उमेद्वारी घोषणा गरिसक्नुभएको छ । रासस