काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बुधबार तारा एयरलाइन्सको विमान म्याग्दीको सोलीघोप्टेमा दुर्घटना भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काँग्रेसले आज एक विज्ञप्ति जारी गरी उक्त दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुको आत्माको चीरशान्तिको कामना गरेको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा वायुयानका चालक दलका सदस्य, स्वदेशी तथा विदेशी सम्पूर्ण यात्रुका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ ।
बुधबार बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको ट्वीनअटर विमान म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भिरमा दुर्घटना हुँदा दुई बालबालिकासहित २० यात्रु र चालक दलका तीन सदस्य गरी २३ जनाको निधन भएको थियो । रासस