१३ फाल्गुन २०७२, बिहीबार

अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ। यस्तो हुनुमा धेरै कारणहरूले प्रभाव पारिरहेका हुन्छन्। दिनभरीको थकान र तनावले गर्दा हाम्रो शरीर थाकेपनि, मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ। यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो ।

sleeping

अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्, जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईँले ६० दिनसम्म हरेक दिन २ चोटी यसलाई अभ्यास गर्नुपर्ने हुन्छ। दिनदिनै अभ्यास गर्दैजाँदा तपाईँ आफैले यसको असरलाई महशुस गर्न सक्नुहुनेछ।

यो विधिमा ४-७-८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा. विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

 

LIVE TV