१३ फाल्गुन २०७२, बिहीबार

मधेश आन्दोलन तीब्र भएको बेला आन्दोलन नियन्त्रणका लागि जलेश्वर ल्याएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

Armed_police_force_jaleswar

विहीबार विहान करिब १२ः४० मा ओखलढुङ्गा भदौरे वडा ९ घर भई हाल सशस्त्र प्रहरी बल जिल्ला शुरक्षा बेश जलेश्वरमा कार्यरत २७ वर्षीय प्रहरी जवान खेल बहादुर गुर्मछाने मगरको मृत्यु भएको छ ।

क्याम्पको गेटमा डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएको उनको मृत्यु भएको हो । उपचारका लागी शान्ति कम्यूनिटी अस्पताल जलेश्लरमा लग्दा डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  हाल उहाको शव पोष्टमार्टको लागी जलेश्वर अस्पतालमा राखिएको छ ।

विगत ४ वर्षदेखि सशस्त्र प्रहरीमा जागिरे गुर्मछाने उदयपुरवाट केहि महिना पहिले धनुषा आएका थिए । विल्लाधार तालिमको लागि छिन्नमस्ता गण वर्दिवासको माईस्थानमा उनलाई पठाईएको थियो ।

आन्दोलनको समय जलेश्वरमा अवस्था तनावग्रस्त भएपछि उनलाई तत्काल जलेश्वर ल्याईएकोमा यो सातामै पुनः गणमा तालिमको लागि फर्कने योजना रहेको अवस्थामा उनको मृत्यु भएको स्रोतले जनाएको छ ।

 

LIVE TV