१३ फाल्गुन २०७२, बिहीबार

चीनलाई आधारभूमि बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको रिपोर्ट अनुसार बेइजिङले न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अरबपतिहरुको शहर बनेको हो ।

baijeng

बेइजिङमा अहिले सय जना अरबपतिहरु बस्दै आएका छन् भने न्यूयोर्कमा यस्तो संख्या ९५ जना रहेको छ । गत वर्ष बेइजिङमा ३२ जना नयां अरबपति थपिएका थिए भने न्यूयोर्कमा चारजना मात्र अरबपति थपिएको हुरुनले जनाएको छ ।

चीनमा गत बर्ष ९० जना अरबपतिहरु थपिएपछि त्यहाँ अरबपतिको संख्या ५ सय ६८ पुगेको छ । न्यूयोर्कमा यो संख्या ५ सय ३५ छ ।

तर शीर्ष दश जना अरबपतिको सूचीमा भने अमेरिकीहरुको बर्चश्व कामय रहेको छ । चीनका सबै अरबपतिहरुको कुल सम्पत्ति १ दशमलब ४ ट्रिलियन डलर पुगेको छ जुन अष्टेलियाको कुल गार्हस्थ उत्पादन बराबर हुन आउछ ।

चीनकै व्यापारिक शहर साङ्घाई धेरै अरबपति बस्ने शहरको सूचीमा पाचौं स्थानमा परेको हुरुनले जनाएको छ । हुरुनले विगत पांच वर्षदेखी वार्षिक रुपमा विश्वका धनीहरुको सूची सार्वजनिक गर्दै आएको छ । (एजेन्सी)

 

LIVE TV