१३ फाल्गुन २०७२, बिहीबार

बेलायती राजकुमार ह्यारी ४ दिने भ्रमणका लागि आगामी चैत ७ गते नेपाल आउनु हुने भएको छ । ह्यारी पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुहुनेछ ।

herry

यस्तै, राजकुमार ह्यारीले गत बैशाखमा गएको भूकम्प प्रभावित जिल्लामा पुगेर पीडितहरुसंग भेट गर्ने बेलायती दुतावासले जनाएको छ । सो क्रममा उहाँले क्षतीग्रस्त भवन तथा ऐतिहासिक धरोहर लगायतको पुन:निर्माणमा भईरहेको पहलबारे जानकारी पनि लिने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बेलायती सैनिक समेत रहेर अफ्गानिस्तान लगायत मुलुकमा गोर्खाली सैनिकसंगै काम गरेका ह्यारीले पोखरास्थित ब्रिटिश गोरखा क्याम्पको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले ब्रिटिश गोरखा भर्तीको प्रक्रिया तथा सैनिकले समाजमा पुर्‍याएको योगदान बारे जानकारी लिनुहुने विज्ञप्तीमा उल्लेख छ । योसंगै ह्यारीले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV