१३ फाल्गुन २०७२, बिहीबार

पाकिस्तान, पाकिस्तानी बन्दरगाहा सहर कराँचीको वरिपरिका इलाकामा भएको भिडन्तमा १२ जना विद्रोही लडाकूको मृत्यु भएको पाकिस्तानी उच्च प्रहरी अधिकारीले बुधबार जनाएका छन् ।
सिया विरोधी विद्रोही समूह लस्करे जाङ्भी र भारतीय उपमहाद्वीपमा गतिविधि सञ्चालन गर्दै आएको अर्को एक अलकायदाको समूहको आश्रयस्थल रहेका दुई ठाउँमा प्रहरीले खानतलासी गर्ने क्रममा गएका ४८ घण्टाभित्र भएको भिडन्तमा ती समूहमा आबद्ध लडाकूको मृत्यु भएको उच्च प्रहरी अधिकारी राव अनवरले बताउनुभयो ।
Siriya
मारिएका विद्रोही लडाकूहरु देशका विभिन्न ठाउँमा भएका नागरिकहरुका अपहरण तथा हत्याका घटनामा संलग्न रहेको अनवरले बताउनुभयो ।

सेनाले सन् २०१४ देखि सुरु गरेको पाकिस्तानी लडाकू विरुद्धको कारबाहीअन्तर्गत अहिलेसम्म ९० प्रतिशत विद्रोहीलाई सीमा क्षेत्रबाट विस्थापित गराएको जनाइएको छ । रासस÷एपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV