
काठमाडौँ , गित संगित मन नपराउने संसारमा को नै होलान र । गित संगितको बड्दो प्रभाबकारीता संगै गितको माध्यम बाट बिभिन्न बिषय बस्तुलाइ प्रचार प्रसार गर्ने प्रचलन पनि पछिल्लो समय बडि रहेको छ । अझ आफ्नै भेग र क्षेत्रको प्रचारलाइ गितको माध्यम बाट चर्चामा ल्याउने काममा त्यस क्षेत्रका सर्जकहरु सक्रिय भएको पनि हामीले देख्दै आएका छौ ।बन्दीपुर नेपालको आन्तरीक र बाहीय पर्यटकहरुले पहीले देखीनै रुचाउदै आएको स्थान हो ।उक्त बन्दीपुरको भौगोलिक बिशेशतालाइ बयान गर्दै रचनाकार तथा संगितकार अमीर गुरुङले बन्दीपुर जाउ भन्ने नयाँ गित लाइ सार्बजनिक गरेका छन ।
द्धन्धकालिन समयमा शान्ती सम्बन्धी गित सार्बजनिक गरी श्रोता माझ पहीचान बनाएका अमीरले यस पटक बन्दीपुरका तिनधारे,रानिबन,सिद्धगुफा जस्ता बन्दीपुरका आकर्शण लाइ गितको शब्दमा समाबेश गर्दै गितको रचना गरेका छन ।गायक रामचन्द्र काफ्ले र जुनु रीजालको स्वर गितमा रहेको छ ।बन्दीपुरे ठागु र अमीर ग्ूारुङको प्रस्तुती रहेको गितमा नृत्य कमल राइ छायाङ्कन सुमन तण्डुकार,सम्पादन बालकाशी गूरुङ को रहेको छ भने दृष्य ब्यबस्थापनको कार्यको लागि मुनाल फिल्मसले सहयोग गरेको छ ।
पर्यटन प्रबद्र्धन गर्ने उदेस्य लिएको गितमा रेशम गुरुङ,जेनी शेर्पा, र माया गुरुङको अभिनय रहेको छ ।आफ्नो गितले केही ने केही सन्देश श्रोता माझ जाओस भन्ने चाहना गितका रचनाकार अमिर गुरुङको रहेको छ सोसल मिडियाबाट गितलाइ रीलिज गर्ने जिम्बेवारी स्ट्रीम नेपालले गरेको छ ।