
तुलसीपुर , दाङ , राप्ती ऑखा अस्पताल तुलसीपुर रक्षा चौरको आर्थिक सहयोगमा रोल्पाको सुलिचौरमा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
सो केन्द्रको हिजो एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराको आँखा चेकजाँच गरेर सेवाको आरम्भ गरिएको थियो ।
रु तीस लाखको लागतमा उपचार केन्द्रको स्थापना गरेको राप्ती ऑखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिनुभयो ।
नेत्र सहायकको नेतृत्वमा रहने उक्त उपचार केन्द्रमा दैनिक आँखा चेक जॉचदेखि सर्जरीसम्मका सेवा प्रदान गरिने जनाइएको छ ।ऑखा उपचार केन्द्र स्थापना भएपछि रोल्पा जिल्लाका २२ वटा गाविसका हजाराँै नागरिकले सेवा पाउने भएका छन् । रासस