
काठमाडौँ ,म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव आजमात्र पोखरा ल्याइने भएको छ ।
खराब मौसमका कारण हिजो शव ल्याउन नसकिएको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन् । दुर्घटनाग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको टोली शव सङ्कलनमा सक्रियरुपमा लागिपरेको र आज मात्र शव ल्याउनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा परेका व्यक्तिका आफन्त हिजो बिहानैदेखि पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा बसिरहेका छन् ।