१३ फाल्गुन २०७२, बिहीबार

 
आसन्न १३ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले भेटेरै आफूलाई सहयोग गर्न आग्रह गरेपछि कांग्रेस नेता खुमबहादुर खड्काले कसलाई सहयोग गर्ने भन्ने निर्णय लिन तीन सदस्यीय समिति बनाएका छन्।

 

khum
उनले आफूनिकट नेताहरुसंग बुधवार छलफल गरी आफ्नौ संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र शंकर भण्डारी रहेको समिति बनाएका हुन्।

खड्का पक्षीय नेताहरु नवलपराीमा विष्णु लामिछाने, दाङमा कीर्तिबहादुर खड्का, सर्लाहीमा नगेन्द्र राय, मकवानपुरमा इन्द्र बानिया जिल्ला सभापतिमा निर्वाचित भएका छन्। जिल्ला अधिवेशन नभएको सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेत उनकै पक्षमा छन्।

सांसद अमरेशकुमार सिंह र केन्द्रीय सदस्य अजय चौरासिया पनि खड्काकै पक्षमा छन्। समितिले सभापतिका उम्मेदवार कार्यबाहक सभापति पौडेल र नेता देउवासंग छलफल गर्नेछ।नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV