
काठमाडौं – निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्ट्रिसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक वर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१–७२ मा इलेक्ट्रिसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको छ । अघिल्लो वर्ष पनि दुवैको क्रमशः १२।२९ र ११।५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो ।
पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०।८६ प्रतिशतले वृद्धि भएको छ । विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत विभिन्न ८ क्षेत्रको ज्याला र तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्छ, आजको कारोबार दैनिकमा खबर छ ।