१३ फाल्गुन २०७२, बिहीबार

काठमाडौं – अस्ट्रेलियाबाट सात दिनअगाडि मात्रै स्वदेश फर्किएकी सिनियर पाइलट रोशन मानन्धरकी दिदी तिमिलाले भाइलाई भेट्न पाइनन् । तिमिला विदेशबाट फर्किएर माइतीघर पुगे पनि उडानमा व्यस्त रहेका भाइ रोशनलाई भेट्ने इच्छा भने इच्छामै सीमित रह्यो ।

roshan jpg

‘अस्ट्रेलियाबाट फर्किएर माइत आएकी थिएँ, तर भाइलाई भेट्न पाइनँ । आज अकस्मात यस्तो खबर सुन्नुपर्यो,’ तिमिलाले अपराह्न आँसु पुछ्दै भनिन् । मंगलबार मात्रै परिवारबाट बिदा भएर पोखरा हिँडेका रोशनको बुधबार बिहान अचानक आफैंले उडाएको जहाज दुर्घटनामा परी निधन भएको छ ।

यस्तो दुःखद् खबर सुनेपछि डल्लुआवासस्थित पाइलट रोशनको घरमा आफन्त र शुभेच्छुक खचाखच भरिएका थिए । घरको मूल ढोकाभित्र पस्नेबित्तिकै भित्तामा परिवारका साथ खिचिएको रोशनको फोटो थियो । फोटोमा दुई छोरी रोपमा, उपमा , छोरा ऋषि र पत्नी पुनमसँगै छेउमा बसेका थिए रोशन ।  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV