१२ फाल्गुन २०७२, बुधबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट दुई देशमा नयाँ उत्साह थपिएको अर्थविद् तथा व्यवसायीले बताउनुभएको छ ।

मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले प्रधानमन्त्रीको विशेष परिस्थितिमा भएको भ्रमणले दुई देशबीचमा केही समयदेखिको देखिएको असमझदारी अन्त्य भई दुवै देशका सरकारबीच वार्ता तथा सम्बन्ध पुनःप्रारम्भ भएको बताउनुभयो ।
shankar-koirala-1
अर्थविद् डा डिल्लीराज खनालले प्रधानमन्त्रीको सद्भाव भ्रमणले कुनै पनि सहयोगको अपेक्षा नगरेको भए पनि भ्रमण अवधिमा भएका वाणिज्य सम्झौता राष्ट्रको हितमा रहेको र त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्वअर्थ राज्यमन्त्री हरि खेवा लिम्बूले नेपालमा संविधान जारी भएपछि भारतले देखाएको चासो अस्वाभाविक रहेको बताउँदै एकपक्षीय रुपमा भारतबाट भएको नाकाबन्दीको अन्त्यका लागि प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो ।

व्यापारी सुरेन्द्रवीर मालाकारले भूकम्पबाट प्रभावित भएको उद्योगलाई नाकाबन्दीले नराम्रो प्रभाव पारेको बताउँदै अब दुई देशको सम्बन्ध सुधार गर्न यो भ्रमणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV